रुकुमपश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

रुकुम पश्चिम | भदौ २०, २०८०

रुकुमपश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

रुकुमपश्चिम:    रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । 


मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई गाउँकै घरेलु उपचारले ठीक हुने झारफुक गरेर राखिएको थियो । 


आज बुधबार बिहान २ बजे नवजात शिशुलाई जन्म दिएकी विष्टलाई रक्तस्राव समेत भइरहेको थियो । उनलाई उपचारका लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । 


उनका अनुसार सर्पको विष शरीरमा फैलिएको थियो भने रक्तस्राव पनि रोकिएको थिएन । समयमै अस्पतालमा ल्याएको भए उनको ज्यान बचाउन सकिने अवस्था रहेको प्रशासक गिरीले उल्लेख गरे । अन्तिम अवस्थामा मात्र सुत्केरीलाई अस्पताल ल्याइएको थियो । 


सर्पले टोकेपछि व्यथा नलाग्दै बच्चा जन्मेको थियो । अस्पतालका अनुसार बच्चा जन्मने समयावधि पनि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा पनि सर्पको विष फैलिएकाले एन्टिस्नेक भेनममार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाइ छ । बच्चाको अवस्था पनि गम्भीर रहेको छ ।
 

रुकुमपश्चिममा बर्सेनि सर्पदंशका बिरामीले उपचार अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । चौरजहारी अस्पतालका अनुसार गत साउन महिनामा पनि सानीभेरी गाउँपालिकाका एक बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 


कर्णाली प्रदेशको रुकुमपश्चिमलाई सरकारले विषालु सर्प नपाइने जिल्लाको सूचिमा राखेका कारण सर्पदंशबिरुद्ध लगाइने एन्टीस्नेक भेनम सरकारी कोटाबाट पाइँदैन । सर्पदंशबिरुद्धको खोप अत्यन्तै महँगो हुने र सरकारीस्तरबाट यस जिल्लामा सप्लाई नहुने भएकाले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जाने अवस्था छ । सर्पले टोकेका बिरामीलाई जिल्ला बाहिर सुर्खेत, नेपालगन्ज पठाउँदा कतिपय बिरामीको बाटोमा नै ज्यान जानसक्ने जोखिम समेत हुनेगरेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्